प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते



काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हून् ।

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरुले मात्रै प्रश्न सोध्न पाउने बताए ।

प्रश्न सोध्न भदौ १ गते आईतवार दिनको १ बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  ४ : ३१ बजे