काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले देशको परम्परागत रक्षा क्षमतालाई सुदृढ पार्न आर्मी रकेट फोर्स कमाण्ड स्थापनाको घोषणा गरेका छन् ।
इस्लामावादमा पाकिस्तानको ७८ औं स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा बोल्दै शरीफले नयाँ कमाण्ड उन्नत प्रविधिले सुसज्जित हुने बताए ।
यसलाई राष्ट्रिय सुरक्षा अभिवृद्धिमा कोशेढुङ्गाको रूपमा वर्णन गरे ।
प्रधानमन्त्रीले राजनीतिक दलहरू, सरोकारवालाहरू र नागरिक समाजलाई एकता र सामूहिक प्रगतिलाई प्रवद्र्धन गर्न पाकिस्तानको स्थिरताको लागि बडापत्रमा सामेल हुन आफ्नो अपील दोहो¥याए । एजेन्सी














