राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश



काठमाडौं । ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१)’ राष्ट्रिय सभामा पेश गरिएको छ ।

शुक्रवारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सो प्रतिवेदन पेश गरेका हून् ।

संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  २ : ०९ बजे