काठमाडौं । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलवार सरकारले देशलाई तहसनहस पार्ने व्यापक डढेलोको प्रतिक्रियामा नागरिक सुरक्षा आपतकाल घोषणा गरेको बताएका छन् ।
सान्चेजले दक्षिणपश्चिम स्पेनको कासेरेसमा रहेको अग्नि नियन्त्रक कमाण्ड पोस्टको भ्रमणको क्रममा यो घोषणा गरेका हुन् ।
जुन ग्यालिसिया र कास्टिला–लियोनको उत्तरपश्चिमी क्षेत्रहरूसँगै सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक हो । परिस्थितिलाई विपत्ति भन्दै सान्चेजले आगोबाट क्षतिग्रस्त भएकाहरूलाई क्षतिपूर्तिसहित सरकारी सहयोगको प्रतिवद्धता गरे ।
युरोपेली वन आगलागी सूचना प्रणालीका अनुसार २०२५ मा अहिलेसम्म स्पेनमा ३ लाख ८२ हजार हेक्टरभन्दा बढी जमिन जलेको छ ।
जसमध्ये विगत दुई हप्तामा मात्र ३ लाख हेक्टरभन्दा बढी जमिन नष्ट भएको छ । क्षेत्रीय आपतकालीन सेवाहरूले यस महिना चार जनाको मृत्यु भएको र ३० हजार भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको रिपोर्ट गरेका छन् । एजेन्सी














