काठमाडौं । मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले शुक्रवार निरन्तर भारी वर्षाका कारण प्रमुख नदीहरूको पानीको स्तरमा तिब्र वृद्धि भएको रिपोर्ट गरेको छ ।
शुक्रवार बिहानसम्म खारा, एरुउ, तुउल, तेरेल्ज लगायत धेरै प्रमुख नदीहरूले चेतावनीको स्तर ३५ सेन्टिमिटरदेखि ५० सेन्टिमिटरसम्म पार गरेको एजेन्सीले जनाएको छ ।
आगामी दिनहरूमा यी नदीहरूको पानीको स्तर बढ्ने अनुमान गरिएको छ । बुधवार बिहानदेखि देशको पश्चिमी, उत्तरी र मध्य क्षेत्रहरूसहित धेरै भागहरूमा भारी वर्षा भइरहेको छ ।
एजेन्सीले नदी किनार नजिकै बसोवास गर्ने बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । एजेन्सी














