सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा शुरु गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन



काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सिमित र अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न आग्रह गरेको छ।


बिहीबार एक सूचना जारी गर्दै सीमित कर्मचारीको प्रयोग गरी यस्ता सेवा सुचारु गर्न राष्ट्र बैंकले भनेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ। अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एक्ससको व्यवस्था मिलाउनुपर्नेछ,सूचनामा भनिएको छ ।

सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न पनि राष्ट्र बैंकले सबै संस्थाहरूलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : भाद्र २६, २०८२ बिहीबार  १२ : ४३ बजे