सेयर बजार असोज ५ गतेमात्र खुल्ने



काठमाडौं । दोस्रो बजारमा हुने शेयर कारोबार आउने असोज ५ गते आइतबारदेखि मात्रै सुचारु हुने भएको छ ।

जेनजि आन्दोलनका कारण उत्पन्न भएको असहज परिस्थितिका कारण बोर्डले मिति २०८२ भदौ २९ गतेदेखि असोज २ गतेबाट मात्रै कारोबार खुल्ला हुने जनाएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीका अनुसार असोज २ गते बिहीबारसम्म सेयर कारोबार बन्द हुनेछ ।उनले भने, बोर्डले असोज २ गतेसम्म कारोबार बन्द गर्न निर्देशन दिएको छ। अब आउने असोज ५ गते आइतबारदेखि मात्रै बजार खुल्नेछ ।

प्रकाशित मिति : भाद्र २७, २०८२ शुक्रबार  ८ : ०१ बजे