सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८२ मंगलबार  ११ : ४७ बजे