काठमाडौं । नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ ।
नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द भएको हो ।
कारोबार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ अंकले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट बन्द भएर खुलेको बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा ५ प्रतिशत घटेको थियो ।
दोस्रो नेगेटिभ सर्किट ब्रेकपछि ४० मिनेट कारोबार रोकिएर खुलेको शेयर बजार पुनः ६ प्रतिशतले घटेर तेस्रो सर्किट लागेको हो । यस अवधिमा नेप्से १६०.३३ अंकले घटेर २ हजार ५११ दशमलव ९१ विन्दुमा झरेको छ ।














