तोलामा ८०० रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं ।स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १६ हजार रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ३, २०८२ शुक्रबार  ११ : ३१ बजे