तोलामा १२ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

आज सूनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १०, २०८२ शुक्रबार  ११ : ५९ बजे