भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एक करोड सहयोग



काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैक(निफ्रा) ले सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

गत भदौं २३ र २४ गते मुलुकभर भएको आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएको थियो।

क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउन निफ्राले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरेको हो।

उक्त सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले आइतार अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्।

निफ्रा नेपालमा पूर्वाधार विकासमा लगानी गर्न खुलेको पूर्वाधार बैंक हो।

प्रकाशित मिति : आश्विन १२, २०८२ आईतबार  ६ : ०५ बजे