नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो।

आज ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ। आजको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो।

आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ। बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बिमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बिमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : आश्विन २६, २०८२ आईतबार  ४ : ४५ बजे