दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण ४ हिज्बुल्लाह सदस्यको मृत्यु



काठमाडौं । दक्षिणी लेबनानी गाउँ कफर रुम्मानेमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

अन्य तीन जना घाइते भएका छन् ।

राष्ट्रिय समाचार एजेन्सीकाअनुसार इजरायली ड्रोनले गाउँको पूर्वी बाहिरी इलाकामा रहेको दोहा–कफर रुम्माने सडकमा निर्देशित मिसाइलसहित चार पाङ्ग्रे गाडीलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।

एक सुरक्षा स्रोतले बताएअनुसार चार जना पीडितहरू हिज्बुल्लाहका सदस्य थिए ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  १२ : ०३ बजे