बिप्लब नेकपाका कुमार पौडेललाई पक्राउपछी हत्या गरिएको आयोगको निष्कर्ष : दोषी प्रहरीलाई कार्बाही गर्न निर्देशन (बिज्ञप्ती सहित)



काठ्माण्डौ-

गत असार पहिलो साता प्रहरिद्वारा सर्लाहीमा मारिएका बिप्लब नेकपाका नेता कुमार पौडेललाई पक्राउ गरेपछी हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

प्रहरिले लालबन्दी नगरपालिकास्थित जङ्गलमा भएको दोहोरो भिडन्तमा कुमार पौडेल मारिएको दाबी गरेको थियो।

आयोगले गरेको अनुशन्धान पछी कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको नभइ नियन्त्रणमा लिएर उनको हत्या गरिएको निष्कर्ष निकालेको हो।आयोगका प्रवक्ता एवम् सचिव वेद भट्टराईले जारी गरेको प्रेस नोटमा भनिएको छ, “घटनाको प्रकृति, सङ्कलित प्रमाण समेतबाट निजलाई नियन्त्रणमा लिइ मारिएको आयोगको अनुसन्धानबाट देखियो।”

पौडेललाई ‘नियन्त्रणमा लिएर अनावश्यक रूपमा बल प्रयोग गरि नौ वटा गोली हानी मारिएको’ र ‘दोहोरो भिडन्त भनि दाबी गरिएकोमा दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको आयोगको बिज्ञप्तिमा उल्लेख छ ।

आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारीहरू, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरूमाथि समेत अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

उक्त घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामोसमय संसद समेत अवरुद्ध गरेको थियो ।

मानवअधिकार आयोगको प्रेस विज्ञप्ति-

 

प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार  २ : ०३ बजे