काठमाडौं। अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा म:म खान पुगेका छन् ।
उनी मेयर निर्वाचित भएपछि रिफ्रेसमेन्टका लागि म:म र दुध चियाका लागि नेपाली रेस्टुरेन्ट पुगेका हुन् ।
३४ वर्षीय ममदानीले नेपाली रेष्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमा सेयर गरेका छन् ।
त्यहाँ उनले मम, चाउमिन, आलु र दूधको चियामा रमाइरहेको देखिएका छन्। उनले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स अकाउन्टबाट सेयर गर्दै बिहानैदेखि अन्तर्वार्ता, अनेकौं बैठकहरूमा ब्यस्त रहेको र सबैबारे भोलि थप कुरा गर्ने भन्दै ‘आजको विशेष क्षण मेरा प्रतिनिधि सभा सदस्यसँग ज्याक्सन हाइट्सको ‘लालिगुराँस बिस्ट्रो’मा लञ्च गर्नु भएको बताए।














