काठ्माण्डौ-
अस्वस्थ्य भएपछि स्वास्थ्य परिक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालमै रहने भएका छन्।
चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बिहान ९ बजे ग्राण्डी पुगेका थिए।
प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन्।
चिकित्सकहरुको सुझाव अनुसार रिपोर्ट आएपछी मात्रै प्रधानमन्त्री ओली अस्पतालबाट फिर्ता हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन ।








