बहुविवाहको आरोपमा डीएसपी मधु नेपाल पक्राउ



काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।

उनी बहुविवाह कसुरमा पक्राउ परेका हुन् ।

डिएसपी नेपाललाई बहुविवाह मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

उनकी श्रीमतीको उजुरीको आधारमा पक्राउ पुर्जी लिएर नेपाललाई पक्राउ गरिएको हो । बहुविवाहको मुद्दा परेपछि उनी आफैं जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएका थिए । नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

हाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाल प्रहरी निरीक्षक रहेको बखत बुटवलको वडा प्रहरी कार्यालयमा कार्यरत थिए।

प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार  २ : २७ बजे