काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ।
शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।














