प्रधानमन्त्री ओली डिस्चार्ज



काठमाडौँ-

काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली  डिस्चार्ज भएका छन् ।

बुधबार अस्पताल भर्ना भएका उनको दुई पटक डायलासिस गरिएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस विज्ञप्ति मार्फत प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीलाई हिजो बुधबार ग्राण्डी अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार  १ : ४६ बजे