आज कस्तो रहला देशभरको मौसम ?



काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

यस्तै, महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित मिति : पुस १, २०८२ मंगलबार  ७ : ४३ बजे