विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान ६स्३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।
पाँचौँ तलामाथिबाट भुईँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो।
उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।










