कोशी प्रदेश टिमका क्रिकेट खेलाडी मिनष थापाको निधन



काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा कोशी प्रदेशका क्रिकेटर मिनाश थापाको निधन भएको छ।

बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् ।

प्रकाशित मिति : पुस १०, २०८२ बिहिबार  ११ : २९ बजे