सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?



काठमाडौं । कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो हप्ताको शुक्रबार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य १ हजार ३ सयले बढेर २ लाख ७० हजार ६०० कायम भएको हो ।

सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत बढेर ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : पुस १३, २०८२ आईतबार  ११ : ४२ बजे