नेप्सेमा २८ अंकको वृद्धि, ६ अर्ब ४७ करोडको कारोबार



काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार २८.७३ अंकले बढेको छ।

सोमबार दुई हजार ६३९.३७ अंकमा बजार बन्द भएको हो।

सोमबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्बको १ करोड २ लाख कित्ता शेयर कारोबार भएकोमा यसदिन ६ करोड ४७ लाख ३७ हजार रुपैयाँको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर किनबेच भएको छ।

आज ५ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिगेट इन्डस्ट्री, बन्दीपुर केवलकार र रुरु जलविद्युतका शेयरधनीले सर्वाधिक १० प्रतिशत कमाएका छन्। यस्तै बाराही हाइड्रोपावरको शेयर ९.९८ र दरमखोला हाइड्रोपावरको शेयर ९.५४ प्रतिशतले वृद्धि भएको छ।

आज २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयरमूल्य ओरालिएको छ। बाँकी ८ कम्पनीको शेयरमूल्यमा कुनै थपघट भएको छैन।

प्रकाशित मिति : पुस २१, २०८२ सोमबार  ४ : ३४ बजे