नेपालको भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण स्विकार्य छैन : नेपाली कांग्रेस



काठ्माण्डौ-

कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे कांग्रेसले बताएको छ ।

नेपालको भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने पनि नेपाली कांग्रेसले आज एक बिज्ञप्तिमार्फत जनाएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्साका बारेमा सभापति शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद मार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे स्मरण गराएको पनि काँग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण पनि बिज्ञप्ती मार्फत प्रस्ट्याइएको छ ।

प्रेस बिज्ञप्ति-

कात्र्तिक २१, २०७६

कालापानी र लिपुलेकका सन्दर्भमा !

(१) भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विट मार्फत तत्कालै हाम्रो औपचारिक धारणा सार्वजनिक गरिएको सर्वविदितै छ । कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।

(२) सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ । नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराउनु भएको छ ।

(३) यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार  १ : ११ बजे