काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भईरहेको छ ।बुधबार सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँ घटेको हो ।अघिल्लो दिन चाँदी प्रतितोला प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।














