सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौँ । नेपाली बजारमा आज ९ बुधवार० सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८०० रुपैयाँले बढेर तोलामा तीन लाख १९ हजार ८०० सय रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै ,चाँदीको मूल्य पनि ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : माघ १४, २०८२ बुधबार  ११ : २५ बजे