विद्यार्थीको उच्च शिक्षा यात्रामा सहयोगि बन्दै नबिल शैक्षिक कर्जा



काठमाडौं । आर्थिक अभाबका कारण विद्यार्थीको उच्च शिक्षा यात्रा रोकिनु नपर्ने गरि बैङ्कले ल्याएको नबिल शैक्षिक कर्जा कार्यक्रम विद्यार्थी र अभिभावक दुबेका बिचमा लोकप्रिय हुदै गएको पाईएको छ ।

धेरै नेपाली विद्यार्थीका लागि आर्थिक अभाव नै उच्च शिक्षाको बाटोमा ठूलो अवरोध बन्ने गरेको यथार्थ र चुनौतीका बिच नबिल शैक्षिक कर्जा कार्यक्रमले विद्यार्थीको उच्च शिक्षा यात्रा सजिलै अगाडि बढाउन भूमिका खेलेको देखिन्छ।

नबिल शैक्षिक कर्जा कार्यक्रम नेपालसहित विदेशमा अध्ययन गर्ने इच्छा राख्ने योग्य विद्यार्थीका लागि यो कर्जा एक विश्वसनीय वित्तीय सहयोगको साधन बन्न पुगेको छ। कार्यक्रमले ट्युसन शुल्कदेखि बोर्डिङ, यात्रा खर्च, अन्तर्राष्ट्रिय ट्रान्सफर खर्च र अन्य सम्बन्धित शुल्क लगायतका धेरै खर्च समेट्दै विद्यार्थी र अभिभावक दुबैलाई राहत दिएको छ।

यस कर्जा योजनाले प्रतिस्पर्धी ब्याजदर, सरल प्रक्रिया र द्रुत सेवा प्रदान गरी कर्जाको उपलब्धता सहज बनाइएको छ । अध्ययन खर्चका लागि उपयुक्त रकम प्रत्यक्ष कलेज र विश्वविद्यालय वा सेवा प्रदायकलाई नै राखेर पनि सेवा प्रदान हुने व्यवस्था छ । यसमा विद्यार्थी सहित विद्यार्थीको प्रायोजक (अभिभावक)लाई पनि कर्जा लिन योग्य मानिन्छ।

यस योजनामा कर्जा रकम स्थानिय बजार र धितो मूल्यको आधारमा निर्धारण गरिन्छ भने आवेदन प्रक्रिया सरल बनाइएको छ। लोन रकम उच्च शिक्षाका लागि पर्याप्त पूँजी समेतका लागि उपलब्ध छ । अधिकतम एक करोड सम्म लोन पाइने, १५ वर्षसम्म भुक्तानी अवधि भएको र अझै ४ वर्षसम्म मात्र ब्याज भुक्तानीको सुविधा उपलब्ध भएकोले नबिल शैक्षिक कर्जा कार्यक्रममा विद्यार्थी र अभिभावक दुबैको रुचि बढेको देखिन्छ ।

प्रतिस्पर्धी ब्याजदर उपलब्ध हुने र डकुमेन्टेसन प्रक्रिया सरल भएकोले पनि यसलाइ विद्यार्थी र अभिभावक दुबैले रुचाएका हुन् ।

यी सुविधाहरूले गर्दा शैक्षिक कर्जा कार्यक्रम आर्थिक रूपमा कमजोर विद्यार्थीहरूमात्र होइन, मध्यम–आय वर्गका परिवारका लागि पनि अध्ययन खर्च व्यवस्थापन गर्न सहज बनाएको देखिन्छ।

प्रतिभाशाली विद्यार्थीहरू आर्थिक कारणले उच्च शिक्षा हासिल गर्न असमर्थ हुने परिस्थितिमा नबिल शैक्षिक कर्जा एक सशक्त आर्थिक उपकरण बन्न पुगेको छ जसले विद्यार्थीको सपनालाई वास्तविकतामा बदल्ने बाटो खोलिदिएको छ।

यस कर्जा योजनाले गरिबी न्यूनीकरण, सामाजिक समानता, दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र राष्ट्रिय आर्थिक वृद्धिमा दीर्घकालीन रूपमा योगदान पुर्‍याउने देखिन्छ ।

नबिल बैंक लिमिटेड नेपालकै अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । सेवा विस्तारका क्रममा शैक्षिक कर्जा जस्ता वित्तीय उत्पादनले बैंकलाई समाज–केन्द्रित बैंकको रुपमा स्थापित गरेको छ।

प्रकाशित मिति : माघ १८, २०८२ आईतबार  ११ : २६ बजे