काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।
आइतबार (माघ १८) घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजालसहितका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस लिएको दसी प्रमाणसहित गोश्वारा हुलाक डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।














