धनगढी –
डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन स्थगीत गरेका छन । उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनशन स्थगित भएको घोषणा गरेका हुन्।
नौ दिनदेखि अनसरत डाक्टर गोविन्द केसीले मंगलबार साँझ विज्ञप्ती जारी गरी अनसन स्थगीत गरेका हुन । अनसन स्थगत गर्दै डा केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन् ।
राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा । केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले आफ्नो भूमि भारतले अतिक्रमण गरेकाले सरकारलाई सघाउनका लागि अनसन तोडेको बताएका छन् ।
गत सोमबारदेखि ७ बुँदे माग सहित १७ औँ अनसन शुरु गरेका उनले नवौं दिनमा आएर अनशन तोडेका हुन्।










