काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ।
आज (सोमबार) नेप्से परिसूचक २६.०५ अंकले घटेर दुई हजार ६७२.३९ अंकमा बजार बन्द भएको छ।
आज कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर कारोबार भएकोमा आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको २ करोड ६७ लाख कित्ता सेयर कारोबार भएको छ।
यसदिनको कारोबारमा, खानीखोला हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.९७ प्रतिशत र रिडी पावर कम्पनीको सेयर ९.११ प्रतिशतले बढेको छ। मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर भने सर्वाधिक ५.४० प्रतिशत घटेको छ।
यसदिन कारोबारमा आएका २१२ कम्पनीको सेयरमूल्य घटेकोमा ४२ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।














