काठमाडौं । नबिल बैंक लिमिटेडले ल्याएको गोल्ड लोन योजना अहिले धेरैको लागि उपयोगि बनिरहेको पाईएको छ ।
नेपालमा आपतकालीन आर्थिक आवश्यकताको व्यवस्थापन धेरै परिवारका लागि चुनौतीपूर्ण विषय हो। स्वास्थ्य उपचार, शिक्षाको शुल्क, व्यवसायिक आवश्यकता वा अन्य आकस्मिक खर्चका लागि तुरुन्त नगद आवश्यक पर्दा धेरैजसो नागरिकले परम्परागत रूपमा जग्गा–जमिन धितो राखेर बैंक कर्जा लिनुपर्ने बाध्यता भोग्दै आएका छन्। तर सबैसँग जग्गा धितो राख्ने अवस्था हुँदैन। यही सामाजिक–आर्थिक यथार्थलाई सम्बोधन गर्दै नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक नबिल बैंकले ल्याएको गोल्ड लोन योजना पछिल्लो समय नागरिकको रोजाइको वित्तीय विकल्प बन्दै गएको छ।
नेपाली समाजमा सुन केवल गहनाका रूपमा मात्र होइन, परम्परागत बचतको माध्यमका रूपमा पनि प्रयोग हुँदै आएको छ। विवाह, पर्व–त्योहार तथा सांस्कृतिक अवसरमा संकलन गरिएको सुन धेरै परिवारको मौन सम्पत्ति हो। नबिल बैंक लिमिटेडले ल्याएको गोल्ड लोन योजना धेरै परिवारको मौन सम्पत्तिको रुपमा रहने यही सुनलाई आपतकालीन अवस्थामा व्यवस्थित, सुरक्षित र कानुनी रूपमा नगदमा रूपान्तरण गर्ने बैंकिङ माध्यम बनेको छ ।
नबिलको यो गोल्ड लोन योजनामार्फत ग्राहकले आफ्नो सुन धितो राखेर छिटो र सहज रूपमा कर्जा प्राप्त गर्न सक्छन्।तेस्तै जटिल कागजी प्रक्रिया बिना सेवा लिन सक्छन् साथै पारदर्शी मूल्याङ्कन प्रणालीमार्फत उचित रकम पाउन सक्छन्।यसले गर्दा आपतकालीन अवस्थामा उच्च ब्याजदरमा अनौपचारिक स्रोतबाट ऋण लिनुपर्ने जोखिम कम भएको विश्लेषकहरू बताउँछन्।
नेपालमा बैंक कर्जा लिन जग्गा धितो आवश्यक पर्ने प्रवृत्ति लामो समयदेखि कायम छ। तर शहरीकरण, बढ्दो बसाइँसराइ, र सम्पत्तिको असमान वितरणका कारण धेरै नागरिकसँग धितो राख्न योग्य जग्गा नहुन सक्छ। यस्तो अवस्थामा यो गोल्ड लोन योजनालेले धितोका रूपमा जग्गा नभए पनि कर्जा लिन सकिने विकल्प दिएर मध्यम तथा निम्न आय वर्गका परिवारलाई औपचारिक बैंकिङ पहुँच दिलाएको छ ।
विशेषगरी साना व्यवसायी, गृहिणी, स्वरोजगार व्यक्ति तथा आकस्मिक खर्च व्यवस्थापन गर्नुपर्ने परिवारका लागि यो योजना व्यवहारिक समाधानका रूपमा देखिएको छ।
समग्रमा, नबिल बैंकको गोल्ड लोन योजना नेपाली समाजको व्यवहारिक आवश्यकता अनुरूप विकसित गरिएको समयसापेक्ष वित्तीय समाधानका रूपमा देखिन्छ। सुनलाई सुरक्षित रूपमा धितो राखेर छिटो नगद प्राप्त गर्न सकिने सुविधा, जग्गा धितोको विकल्प, प्रतिस्पर्धी ब्याजदर र पारदर्शी प्रक्रिया जस्ता पक्षले यसलाई लोकप्रिय बनाएको छ।
साथै नबिल बैंकले सञ्चालन गर्दै आएका अन्य कर्जा योजनाहरूले पनि नागरिकको आर्थिक सशक्तीकरण र देशको समग्र अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। यदि यस्ता वित्तीय सेवाहरूलाई थप पहुँचयोग्य र समावेशी बनाउँदै लगियो भने, औपचारिक बैंकिङ प्रणालीप्रति विश्वास बढ्दै जाने र आर्थिक स्थायित्वमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ।














