अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका प्रमुख चिनियाँ नागरिक मेङ होङ्वेई बेपत्ता भएको बिबिसी लगायत सन्चारमाध्यमहरुमा समाचार छ।
मेङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो।
इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
तर उनी फ्रान्सबाट नहराएको समाचार संस्थाहरुमा उल्लेख छ । ।
साउथ चाइना मर्निङ पोस्टले नाम उल्लेख नगरिएको स्रोतलाई उद्धृत गर्दै मेङलाई ‘सोधपुछ गर्न लगिएको’ जनाएको छ।
चौसट्ठी वर्षीय मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी पनि हुन्।
चिनियाँ पक्षले यसबारे केही बोलेको छैन।














