लायन्स क्लबको सहयोगमा सोलुखुम्बुको जालपा आधारभूत विद्यालयमा चार लाख तिस हजारको अक्षय कोष स्थापना



काठ्माण्डौ-

सोलुखुम्बुको नेचा सल्यान गाउपालिकास्थित जालपा आधारभूत विद्यालयमा लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलको सहयोगमा चार लाख तिस हजार रुपैयाको अक्षय कोष स्थापना गरिएको छ ।

काठ्माण्डौको होटेल लर्ड मिराजमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटल अध्यक्ष मन्दिरा बस्नेत कार्कीले जालपा आधारभूत विद्यालयका प्रधानाध्यापक रोहित बास्तोलालाई चार लाख तिस हजार रुपैयाको चेक हस्तान्तरण गर्दै उक्त अक्षय कोष स्थापनाको जानकारी गराइएको हो ।

उक्त अक्षय कोशको बार्षिक ब्याजबाट जम्मा हुने रकम छात्रबृत्ति, शैक्षिक सामाग्री बितरण लगायत बिधलय र बिधार्थिहरुको हितसग सम्बन्धित अन्य कुरामा खर्च गर्ने गरी कोषको स्थापना गरिएको हो ।

बिधालयको तर्फबाट रु तीन लाख तिस हजार र लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलको तर्फबाट रु . एक लाखको योगदानमा उक्त कोश स्थापना गरिएको अध्यक्ष मन्दिरा बस्नेत कार्किले बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्किले बिधालयलाई सहयोग गर्न पाउदा खुशी लागेको र आगामी दिनमा लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटललाई थप सक्रीय बनाउदै देशका दुर्गम र ग्रामिण क्षेत्रमा बिभिन्न सामाजिक काममा लागिरहने बताउनुभयो ।

वहाँले क्लबलाई सक्रीय र प्रभाबकारी बनाउन क्लबका सबै सदस्यहरुको योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको सहयोग रहने बिश्वाश समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलका पूर्व अध्यक्षहरु प्रकाश सिंह कार्कि,हरिशङ्कर निरौला,महेश गोयल ,लगायत क्लबका अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ काठ्माण्डौले हरेक बर्ष बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

क्लबले अघिल्लो बर्ष सोलुखुम्बु,ओखलढुङ्गा,रामेछाप, लगायत जिल्लाहरुका सरकारी सामुदायिक बिधालयहरुमा ५० वटा ल्याप्टप बितरण गरेको थियो ।

सम्बन्धित समाचार-

कांग्रेस नेता कार्कीद्वारा सोलुखुम्बुको बिपी संस्कृत माबिलाई ल्याप्टप हस्तान्तरण

 

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ४ : ५४ बजे