प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा ८० हजारले छाडे काठमाडौं उपत्यका



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जाने क्रम जारी छ।

निजी क्षेत्रको यातायात सेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीवाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएको बताए। रासस

प्रकाशित मिति : फाल्गुन १७, २०८२ आईतबार  ७ : २५ बजे