काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ ।
मंगलबार बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
उपचारका लागि सिभिल अस्पताल लगिएका घाइते कोइरालालाई ८ः५५ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक कोइराला भक्तपुरस्थीत क्षयरोग केन्द्रका नासु हुन् ।
ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन् ।














