मध्यपूर्वको तनावका कारण भारतमा इन्धनको मूल्य वृद्धि



काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ ।

तेल मार्केटिङ कम्पनीहरूकाअनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिव २।३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँ वृद्धि गरिएको हो ।

मध्यपूर्वमा बढ्दो तनावलाई इन्धनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ ।

यो नयाँ मूल्य तत्कालै लागू हुने कम्पनीहरूले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : चैत्र ८, २०८२ आईतबार  १० : २२ बजे