काठमाडौं । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्कँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
आइतबार हरिसिद्धिस्थित होसना इँटाभट्टाको पर्खाल भत्कँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा काम गर्ने महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
घाइते हुनेहरूमा रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन् ।














