प्रतिनिधि सभा सदस्यलाई सम्पती विवरण बुझाउन संसद सचिवालयको निर्देशन, विवरण गोप्य राखिने



काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो सम्पती विवरण बुझाउन निर्देशन दिएको छ ।

सचिवालयले आगामी जेठ १० गतेभित्र सम्पती विवरण अनिवार्य रुपमा संसद सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।

सचिवालयकाअनुसार प्रतिनिधि सभा सदस्यहरुले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पती विवरण बुझाउनुपर्नेछ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिबाट ६० दिनभित्र आफ्नो सम्पती विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानूनी प्रावधान रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  ७ : ०६ बजे