काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ।
पेट्रोलियम पदार्थको मुल्य बढेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । मन्त्री सुनिल लम्सालले प्रधानमन्त्रीसँग छलफल गरेर सहमति दिएपछि विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।














