औषधिको मूल्यवृद्धिमा अर्बौंको घोटालाः संसद्मा उठ्यो छानबिनको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनाधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले वर्षेनी अर्बौंको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन् ।

संसद्मा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्राण्डका औषधिको मूल्य बढाएको महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् ।

प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा १ सय ९० वटा ब्राण्डका औषधिमध्ये ८८ वटामा करिव ३४ प्रतिशतसम्म मूल्यवृद्धि गरेको पाइएको छ ।

प्रकाशित मिति : चैत्र २५, २०८२ बुधबार  ८ : २१ बजे