नदी किनारमा रहेका सुकुम्वासी बस्तीहरू हटाउने आफ्नो अभियानलाई सरकारले तिब्र पारेको छ ।
सोही अन्तर्गत शनिवार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी महानगरले थापाथली क्षेत्रका बस्तीहरूमा डोजर चलाएको छ ।
महानगरपालिकाकाअनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने यो अभियान दुई चरणमा सञ्चालन हुनेछ ।
पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँका सुकुम्वासी बस्तीहरू हटाइनेछ भने दोस्रो चरणमा बाँकी रहेका अन्य सुकुम्वासी बस्तीहरू हटाउने योजना रहेको महानगरले जनाएको छ ।
बस्तीबाट हटाइएका नागरिकहरूको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकहरूलाई शुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’मा लगिनेछ ।














