काठमाडौं । गन्यापधुरा गाउँपालिकामा १० शैया क्षमताको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पाउने भएका छन्।
गाउँपालिकाका अध्यक्ष इन्द कार्कीका अनुसार अस्पतालमा दक्ष डाक्टरसहितको स्वास्थ्यकर्मी टोलीबाट नियमित सेवा प्रदान गरिनेछ। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गन्यापधुरा बासीका साथै आसपासका क्षेत्रका नागरिकलाई समेत यसबाट लाभ पुग्ने विश्वास व्यक्त गरे।
यो अस्पताललाई स्थानीय स्वास्थ्य सेवामा सुधार ल्याउने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको र नागरिकहरूलाइ स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको अध्यक्ष कार्कीले बताए ।
अस्पताल निर्माण तथा सञ्चालनमा सहयोग पुर्याउने जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी र निर्माण कम्पनीप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।

निर्धारित समयमा निर्माण सम्पन्न नहुने देशब्यापि समस्याका बिच निरन्तर समन्वय र प्रयास गर्दै सम्झौता अनुसार तोकिएको समयमै भवन निर्माण गरि अस्पताल सञ्चालनमा ल्याउन गन्यापधुरा गाउँपालिका सफल भएको छ ।
हरेक बर्ष महालेखाले सार्बजनिक गर्ने सुची अनुसार गन्यापधुरा गाउँपालिका बेरुजु नियन्त्रणमा सुदुरपश्चिम प्रदेशकै अग्रणी गाउँपालिका समेत हो














