काठमाडौं। त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बिहीबार कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।
उनीहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा पनि राजीनामा पत्र पठाएका हुन्।














