स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ



काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा समोबार काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरेको हो।

जोशीले स्मार्ट सेल सञ्चालन गर्न २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएका थिए।त्यसअनुसार अनुमति पत्र लिएर नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वत: रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि त्यसको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जालको हक प्राधिकरणले नियन्त्रणमा लिएको थियो।तर उनले उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले काम गरी ठगी तथा आपराधिक विश्वासघात कसुर गरेको आरोप छ ।

प्रकाशित मिति : बैशाख २२, २०८३ मंगलबार  ११ : ४२ बजे