काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० मा कारोबारभइरहेको छ ।आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














