२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले निजामती ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यनवयन नगर्न अन्तरिम आदेश गरेको छ ।
सर्वोच्चको संवैधानिक इजलासको बहुमतले यस्तो आदेश गरेको हो ।
संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशको राय अनुसार सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमत राय अनुसार आदेश भएको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले भने अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक राय लेखेका छन्।














