दक्षिण कोरियाः पूर्वराष्ट्रपति युनलाई भ्रष्टाचारको आरोपमा ४ वर्ष कैद सजायको माग



काठमाडौं । दक्षिण कोरियाका विशेष अभियोजकले पूर्वराष्ट्रपति युन सुक–योललाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा चार वर्षको जेल सजाय माग गरेका छन् ।

युन र उनकी पत्नी किम केओन–ही संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेका स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले मंगलबार उक्त माग दाबी प्रश्तुत गरेको हो ।

अभियोजन पक्षकाअनुसार युनले राजनीतिक बिचौलिया म्युङ ताए–क्युनबाट निःशुल्क रूपमा जनमत सर्वेक्षणको सुविधा लिएका थिए । यसै प्रकरणमा संलग्न म्युङका लागि विशेष अभियोजकको टोलीले तीन वर्षको कैद सजाय माग गरेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  १० : ३५ बजे