बुधबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

आज सुनको मूल्य सात सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला पाँच हजार ६ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  ११ : ०६ बजे